विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

हिमाल प्रेस १० मंसिर २०७९ १२:४९ | Saturday, November 26, 2022
विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट

खोटाङ- खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेको नष्ट भएको छ। आगलागीबाट रावाबेँसी गाउँपालिका-३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले घरमा रहेको पसलमा आगलागी भएको हो।

शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए।

आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए।

प्रकाशित: १० मंसिर २०७९ १२:४९ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast