कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीलाई सहयोग

हिमाल प्रेस २७ फागुन २०७९ १५:४८ | Saturday, March 11, 2023
कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौँ- सांगितिक समूह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलाञ्चोकका विद्याथीहरूलाई सहयोग गरेको छ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयका विद्यार्थीहरूलाई संस्थाले सहयोग गरेको हो।

विद्यालयका ११७ विद्यार्थीहरूलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरू सहयोग गरेको सो संस्थाशरूले बताएका छन्।

वडा अध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डकाका तबलाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो।

कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत सहयोग सामाग्री हस्तान्तरण गरिएको तबलाबादक महर्जनले बताए।

त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई अध्ययन सामाग्रीहरू प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका शाक्यले बताए।

प्रकाशित: २७ फागुन २०७९ १५:४८ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast