उपराष्ट्रपतिबारे कमल थापाको धारणा : महिलाको अधिकार खोस्नु हुन्न

हिमाल प्रेस २७ फागुन २०७९ ९:३६ | Saturday, March 11, 2023
उपराष्ट्रपतिबारे कमल थापाको धारणा : महिलाको अधिकार खोस्नु हुन्न

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले महिलाको अधिकार नखोस्न आग्रह गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनु पर्नेमा जोड दिए।

उनले लेखेका छन्, ‘संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुने सर्वसम्मत निर्णय, मान्यता र सोचाई हो। गलत परम्परा नबसालौँ । राष्ट्रपति पुरुष निर्वाचित भैसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ। महिलाको अधिकार नखोसियोस्।’

उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ।

प्रकाशित: २७ फागुन २०७९ ९:३६ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast