तेह्रथुमकी सीता बनिन् कांग्रेसबाट प्रतिनिधिसभामा जित्‍ने पहिलो महिला

हिमाल प्रेस १० मंसिर २०७९ ८:३२ | Saturday, November 26, 2022
तेह्रथुमकी सीता बनिन् कांग्रेसबाट प्रतिनिधिसभामा जित्‍ने पहिलो महिला

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार डा. विजय सुब्बालाई हराउँदै तेह्रथुमकी सीता गुरुङ प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसकी पहिलो महिला सांसद बनेकी छन्। हालसम्म प्रत्यक्षतर्फ पहिलो स्थानमा रहेको कांग्रेसका सबै विजयी उम्मेदवारहरू पुरुष मात्र छन्।सीताले विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गरेकी छन्।

सुरुवातबाटै अग्रता कायम गरेका विजयलाई अन्त्यतर्फ सीताले अग्रता कायम गरेकी थिइन्। सत्ता गठबन्धनको साथ पाएकी उनले १९ हजार ७०२ ल्याउँदा विजयले १८ हजार ६२३ मत ल्याएका छन्।  नेपाली कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ प्रतिनिधिसभामा  ४८ सिट जितिसकेकाे छ।

 

प्रकाशित: १० मंसिर २०७९ ८:३२ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast