प्रचण्डले छाडेको चितवन ३ मा राप्रपाको जित, विक्रम पाण्डे विजयी

हिमाल प्रेस १० मंसिर २०७९ ७:३९ | Saturday, November 26, 2022
प्रचण्डले छाडेको चितवन ३ मा राप्रपाको जित, विक्रम पाण्डे विजयी

काठमाडौँ- चितवनको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे ९ हजार २३३ मतान्तरका साथ विजयी भएका छन्। पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए।

उनी गोरखा २ मा चुनाव लड्न गएपछि यसपटक सत्ता गठबन्धनले माओवादीका अधिकारीलाई उम्मेदवार बनाएको थियो।

 

प्रकाशित: १० मंसिर २०७९ ७:३९ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast