नुवाकोट २ बाट भारी मतान्तरले कांग्रेसका अर्जुननरसिंह केसी विजयी

हिमाल प्रेस १० मंसिर २०७९ ७:१३ | Saturday, November 26, 2022
नुवाकोट २ बाट भारी मतान्तरले कांग्रेसका अर्जुननरसिंह केसी विजयी

काठमाडौँ- नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।
केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेलाई भारी मतले पराजित गरेका हुन्।

केसीले २८ हजार एक सय सात मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पाण्डेले १६ हजार चारसय ७७ ल्याए। नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए।

यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दस हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भए।

प्रकाशित: १० मंसिर २०७९ ७:१३ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast