जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : विनोद चौधरी

हिमाल प्रेस ९ मंसिर २०७९ २०:०० | Friday, November 25, 2022
जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : विनोद चौधरी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा जनतासामु गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।

शुक्रबार बर्दघाटमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन्। पश्चिम नवलरासीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ।

जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उनले स्पष्ट पारे।

‘चुनावको समयमा मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु। ती प्रतिबद्धतालाई केवल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न,’ चौधरीले भने, ‘जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिबद्धता व्यक्त गर्छु।’

मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिई नवलपरासीकोे समस्या समाधानमा अघि बढ्ने उनले बताए। यस क्षेत्रको गरिबी हटाउन आफूले उल्लेख्य काम गर्ने उनले उल्लेख गरे।

प्रकाशित: ९ मंसिर २०७९ २०:०० | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast