राष्ट्रपतिको चुनाव सतर्कताका साथ हेरिरहेका छौँ : लिङदेन

हिमाल प्रेस २२ फागुन २०७९ १९:४९
2
SHARE
राष्ट्रपतिको चुनाव सतर्कताका साथ हेरिरहेका छौँ : लिङदेन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिको चुनाव सतकर्ताका साथ हेरिरहेको बताएका छन्। राष्ट्रपतिको चुनावमा आफूलाई सहयोग गर्न सोमबार लिङदेनलाई भेट्न पुगेका कांग्रेस नेताहरूसँग उनले चुनाव नियालीरहेको बताएका हुन्। राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गर्ने उनले बताए।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुराको अवगत गराएको भन्दै २४ गते बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सो सम्बन्धमा निर्णय गर्ने बताए। ‘राष्ट्रपतिको चुनावमा कांग्रेस नेताहरूले हाम्रो पार्टीको सहयोग रहोस् भन्ने आग्रह गर्नुभयो,’ उनले भेन, ‘हामीले २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छौँ, त्यसपछि निर्णय गर्नेकुरा राखेका छौँ।’

आफूहरूले कांग्रेसलाई शुभकामना दिएको र आग्रहको स्वागत गरेको तर सिधा भन्ने अवस्थामा नपुगेको नेता लिङदेनको भनाइ थियो। यसअघि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूहरूको आग्रहमा राप्रपा सकारात्मक रहेको बताएका थिए।

प्रकाशित: २२ फागुन २०७९ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =