रिटो रिबाको ‘इक तू ही’ सार्वजनिक

हिमाल प्रेस ९ मंसिर २०७९ १७:०४ | Friday, November 25, 2022

काठमाडौँ- भारतीय सांगीतिक रियालिटी सो ‘इन्डियन आइडल’का १३ संस्करणबाट चर्चा कमाएका गायक रिटो रिबाको गीत ‘इक तू ही’ सार्वजनिक भएको छ।

रिटोको स्वर रहेको गीतमा शब्द राना सोतल, पिटर सोराको रहेको छ। संगीत भने रजत नागपालको रहेको छ। राज वीरले निर्देशन गरेको म्युजिक भिडियोमा मुनवर फारुकी र ओभिया दर्नाल फिचर्ड छन्।

सुमधुर स्वरका धनी रिटो सोमा सहभागी भएका थिए। तर उत्कृष्ट १५ बाट बाहिरिएका थिए। सोका निर्णायक नेहा कक्कड, विशाल डडलानी र हिमेश रेशमियाले उनलाई सोमा अस्वीकार गरेका थिए।

अरुणाचलका रिटोले सोभन्दा सामाजिक सञ्जालबाट बढी चर्चा कमाए। यसअघि उनले ‘हीर रांझा’ गीत ल्याएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ १७:०४ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast