फाइल तस्बिर।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति पदमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनका लागि बागलुङ पुगेका केसीले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने बताएका हुन्।
‘वामपन्थीका हिसाबले केपी ओली नजिक छन्, तर एजेन्डाले शेरबहादुर नजिक भए। लोकतन्त्र बचाउनुपर्छ, बहुदलीय प्रणाली र धर्मनिरपेक्षता जोगाउनु पर्छ भन्नेमा कांग्रेसमा इमान्दारिता देखियो’ उनले भने।
प्रकाशित: १९ फागुन २०७९ १७:४९
प्रतिक्रिया



सहि