प्रदेश १ को प्रदेशसभामा एमालेको अग्रता, कसको कति?

हिमाल प्रेस ९ मंसिर २०७९ १४:०७ | Friday, November 25, 2022
प्रदेश १ को प्रदेशसभामा एमालेको अग्रता, कसको कति?

इटहरी- प्रदेश १ का ५६ प्रदेश निर्वाचन क्षेत्रमध्ये ३८ क्षेत्रको मतगणना नतिजा सार्वजनिक भएको छ। जारी मतगणनामा एमालेले १५ सिटमा जितेको छ भने १० स्थानमा अग्रता लिइरहेको छ।

कांग्रेसले ११ प्रदेशसभा सदस्य जित्दा पाँच स्थानमा अग्रता लिइरहेको छ। यस्तै माओवादी केन्द्र आठ निर्वाचन क्षेत्रमा निर्वाचित भएको छ। मतगणनामा माओवादी १ क्षेत्रमा मात्र अगाडि छ। नेकपा एकीकृत समाजवादीले भने दुई सिटमा जितेर दुई ठाउँमा अग्रता लिइरहेको छ। राप्रपा दुई क्षेत्रमा निर्वाचित भएको छ।

झापाका १० प्रदेशसभा सदस्य एमाले एमाले पाँच क्षेत्रमा विजयी भएको छ। कांग्रेस र राप्रपाले दुईदुई क्षेत्र जितेका छन्। मतगणनामा एमाले एक स्थानमा अगाडि छ।

मोरङका १२ क्षेत्रमध्ये चार क्षेत्रमा कांग्रेस विजयी भएको छ भने एमाले दुई तथा माओवादी केन्द्र एक क्षेत्रमा निर्वाचित भएका छन्। जारी मतगणनामा कांग्रेस एक एमाले तीन र माओवादी एक स्थानमा अगाडि छन्।

उदयपुरका चार प्रदेशसभा सिटमा माओवादी केन्द्र दुई, कांग्रेस एक स्थानमा विजयी भएका छन्। जारी मतगणनामा एक सिटमा कांग्रेस अगाडि छ।

धनकुटाका दुवै क्षेत्रमा एमाले निर्वाचित भएको छ।

सुनसरीका आठ क्षेत्रमध्ये एमाले एक स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि छ। यस्तै दुई स्थानमा कांग्रेसको अग्रता छ। दुई ठाउँमा गन्न बाँकी छ।

इलामका चार क्षेत्रमध्ये एमाले एक स्थानमा विजयी भएको जारी मत गणनामा एमाले, एकीकृत समाजवादी र कांग्रेस एकएक स्थानमा अगाडि छन्।

सोलुखुम्बुका दुई क्षेत्रमध्ये एउटा एमाले र एउटा माओवादी केन्द्रले जितेको छ। खोटाङमा एउटा कांग्रेस र एउटा एमालेले जितेको छ।
ओखलढुंगामा भने एक क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।

संखुवासभाका दुई क्षेत्रमध्ये एक क्षेत्रमा माओवादीले जितेको छ भने एक क्षेत्रमा एमालेले अग्रता लिएको छ।

तेह्रथुममा एमाले र माओवादीको एकएक सिट आएको छ। भोजपुरमा भने समाजवादीले एक सिट जितेको छ भने कांग्रेसले एक सिट जितेको छ।

पाँचथरको एक क्षेत्रमा एकीकृत समाजवादी र एक क्षेत्रमा माओवादी निर्वाचित भएको छ। ताप्लेजुङका एक क्षेत्रमा एमाले र एक क्षेत्रमा कांग्रेस विजयी भएको छ।

प्रकाशित: ९ मंसिर २०७९ १४:०७ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast