पन्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी विघटन नभएको माओवादीको दाबी

हिमाल प्रेस १८ फागुन २०७९ १३:१९
2
SHARE
पन्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी विघटन नभएको माओवादीको दाबी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारी विघटित नभएको दाबी प्रस्ट्याएको छ। केही साता अघि मात्रै पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन विघटित भएको परिपत्र गरेको थियो। तर एकाएक माओवादीले फेरि विघटित नभएको जानकारी दिएको छ।
महासचिव देवप्रसाद गुरुङले विद्यार्थी संगठन विघटन नभएको भन्दै सबै विश्वविद्यालयसहित आंगिक क्याम्पसलाई पत्र पठाएका छन्।

आगामी स्ववियु चुनावमा विद्यार्थी संगठन विघटन भएको भन्दै असर पर्न सक्ने भएकाले पत्र लेखेर गुरुङले स्पष्ट पारेका हुन्। पार्टीको लेटर प्याड प्रयोग गरी गुरुङले हस्ताक्षर गरेर विश्वविद्यालयलाई पत्र पठाएका छन्।

प्रकाशित: १८ फागुन २०७९ १३:१९

प्रतिक्रिया

One thought on “पन्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी विघटन नभएको माओवादीको दाबी

  1. विघटन भयाे, भएन, भयाे, भएन, भयाे, भएन, भएकै छैन, अस्ति नै विघटित भइसक्याे, कहाँ विघटन भयाे र ? विघटन भएकाे परिपत्र अस्ति नै पठाएका हैनाैँ र ? त्यस्ताे परिपत्र पठाउने निर्णय नै भएकाे थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =