काठमाडौँ- एमाले नेता गोकुल बाँस्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनताले खारेज गरिदिएको बताएका छन्।
काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन्।
‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो। चुनावका बेला अरू कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए,’ उनले भने, ‘हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो ।’
नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए। ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने।
प्रकाशित: ९ मंसिर २०७९ १३:१३ | Friday, November 25, 2022
प्रतिक्रिया



