यस्तो छ कपिल शर्मा अभिनीत ‘ज्विगाटो’ को ट्रेलर

हिमाल प्रेस १७ फागुन २०७९ १६:५८
8
SHARES
यस्तो छ कपिल शर्मा अभिनीत ‘ज्विगाटो’ को ट्रेलर

काठमाडौँ- भारतीय कमेडियन कपिल शर्मा अभिनीत फिल्म ‘ज्विगाटो’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा उनी डेलिभरी ब्वाई बनेका छन्। कमेडीबाट चर्चामा आएका कपिल अहिले नयाँ अवतारमा देखिएका छन्।

लगभग दुई मिनेट लामो ट्रेलरमा कपिलसँगै सहाना गोस्वामीलाई देख्न सकिन्छ। फिल्ममा उनी कपिलको श्रीमतीको भूमिकामा छिन्। ट्रेलरमा उनले कपिललाई कारखानाको काममा फर्कन सुझाव दिइरहेकी छन्। ट्रेलरले डेलिभरी ब्वाईले भोग्नुपर्ने विभिन्न समस्यालाई देखाएको छ।

फिल्म टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो। जहाँ यसले सकारात्मक समीक्षा पायो। फिल्ममा निर्देशन नन्दिता दासको रहेको छ।

प्रकाशित: १७ फागुन २०७९ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =