कांग्रेस र एमालेले संयुक्तरूपमा ‘कोसी’ नाम राख्न प्रस्ताव

हिमाल प्रेस १७ फागुन २०७९ १२:४२
16
SHARES
कांग्रेस र एमालेले संयुक्तरूपमा ‘कोसी’ नाम राख्न प्रस्ताव फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्तरूपमा प्रदेश १ को नाम दर्ता गरेका छन्। एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा ‘कोसी’ प्रदेश राख्न प्रस्ताव गरेका हुन्।

काेसी नाममा सत्तारुढ माओवादी केन्द्रले पनि समर्थन जनाएको छ।  यता अन्य साना दल भने फरक नाम दर्ता गर्ने प्रयत्नमा छन्। यद्यपि, हालसम्म कुन नाम दर्ता गर्ने भन्नेमा दोधार छ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्।

प्रकाशित: १७ फागुन २०७९ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =