जनमत पार्टी निकट विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा गठबन्धन नगर्ने

हिमाल प्रेस १७ फागुन २०७९ १२:०४
8
SHARES
जनमत पार्टी निकट विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा गठबन्धन नगर्ने

काठमाडौँ- जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघले गठबन्धन बिना नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठबन्धनबिनै लड्ने भएको छ।

हाल जनमत पार्टी आठ दलीय गठबन्धनमा छ। अन्य दलले गठबन्धनको प्रयत्न गर्दा जनमतले भने कुनै विद्यार्थी संगठनसँग तालमेल नगर्ने निर्णय गरेको हो।

पार्टीका चुनाव परिचालन समितिको सभापति बीपी साहका अनुसार अहिले संगठन दर्ता गराउने प्रक्रिया जारी रहेको छ।

फागुन १९पछि पूर्वदेखि पश्चिमसम्मका कलेजमा स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण एवं क्याम्पेन हुने साहले बताएका छन्।
पहिलो चरणमा सम्पूर्ण कलेजहरुमा इकाई कमिटी गठन गरी निर्वाचन प्रयोजनका लागि संगठन दर्ता गराउने प्रक्रिया जारी रहेको छ।

प्रकाशित: १७ फागुन २०७९ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =