असिनापानीले बालीनालीमा क्षति

हिमाल प्रेस १७ फागुन २०७९ ८:००
असिनापानीले बालीनालीमा क्षति फाइल तस्बिर।

डोटी- डोटीमा परेको असिनापानीले किसानको हिउँदे बालीनालीमा क्षति गरेको छ। पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँमा परेको असिनापानीले बालीनालीमा क्षति गरेपछि किसानहरू चिन्तामा छन्।

लामो समयदेखि खडेरी परेको र एकाएक परेको असिनाले गहुँबाली, तरकारी खेती र फलफूल खेतीमा क्षति पुगेकाले किसानहरू चिन्तित बनेको स्थानीयवासी वीरेन्द्र उपाध्यायले बताए।

हिउँदमा पानी नपरेर कृषिबालीमा समसय भइरहेका बेला हिउँदे पानीले किसानलाई राहत पुगेको भए पनि असिनाले बाली चुटेपछि किसानलाई समस्या पारेको छ।

असिनाले बालीनाली नास गरेपछि उत्पादन घटेर भोकमरी हुने चिन्ता भएको स्थानीय लोकेन्द्र कठायतले बताए । उनका अनुसार कात्तिक २२ गतेको भूकम्पले थलिएको यो क्षेत्रका स्थानीयले भूकम्प र खडेरीका कारण भोकमरीको सामना गर्नुपर्ने अवस्था छ।
यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयवासी बताउँछन्। यो वर्ष हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा असर पुगेको भए पनि हिउँदे वर्षाले केही राहत भएको जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ।

प्रकाशित: १७ फागुन २०७९ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =