प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद् संशोधन विधेयक प्रस्तुत हुने

हिमाल प्रेस १७ फागुन २०७९ ७:२२
4
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद् संशोधन विधेयक प्रस्तुत हुने

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम सभामुखले जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियास्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत् गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सचिवालयका अनुसार ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको  छ।

प्रकाशित: १७ फागुन २०७९ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =