‘नाई न भन्नु ल ६’ को पोस्टर सार्वजनिक

हिमाल प्रेस १६ फागुन २०७९ १७:१२
6
SHARES
‘नाई न भन्नु ल ६’ को पोस्टर सार्वजनिक

काठमाडौँ– फिल्म ‘नाई न भन्नु ल ६’ को पोस्टर सार्वजनिक भएको छ। निर्देशक विकाश आचार्यले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा आँचल शर्मा र आशीर्वाद क्षेत्रीको फिचर्ड छ। साथै फागुन १८ गते बेलुका टिजर सार्वजनिक गर्ने पनि उल्लेख छ।

फिल्ममा कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान रहेका छन् भने निर्देशक आचार्य र विष्णुमणि दाहाल फिल्मका निर्माता हुन्। फिल्म बैशाख १ गते रिलिज हुनेछ। यो सँगै एकै मितिमा नेपाली ४ फिल्म लाग्ने पक्का भएको छ।
यहि मितिमा दयाहाङ राई अभिनित दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ र सुरक्षा पन्त अभिनित ‘बुलाकी’ गरी तीन फिल्म पनि प्रदर्शन हुँदैछन्। उक्त फिल्म निर्माण टिमले पोस्टर र टिजर सार्वजनिक गरिसकेका छन्।

प्रकाशित: १६ फागुन २०७९ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast