आगामी वर्ष खेलकुदको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

हिमाल प्रेस १६ फागुन २०७९ १६:१८ | Tuesday, February 28, 2023
आगामी वर्ष खेलकुदको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष खेलकुद क्षेत्रको बजेट बढाउने घोषणा गरेका छन्। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट निर्माणको प्रक्रिया अघि बढाएका बेला प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रको बजेट बढाउने घोषणा गरेका हुन्।

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्न खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए। उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने उनको भनाइ थियो।

सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको उनको भनाइ थियो। अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ’ उनले भने, ‘यो क्षेत्रमा विगतमा बजेट निकै कम हुने गरेकाले आउने बजेटमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

प्रकाशित: १६ फागुन २०७९ १६:१८ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast