‘छड्के-२’ को गीत ‘छड्के खालास ओए’ ट्रेन्डिङमा

हिमाल प्रेस १६ फागुन २०७९ १२:१२ | Tuesday, February 28, 2023
‘छड्के-२’ को गीत ‘छड्के खालास ओए’ ट्रेन्डिङमा

काठमाडौँ- फिल्म ‘छड्के २-०’ को ‘छड्के खालास ओए’ गीत सार्वजनिक भएको छ।
गीतमा र्‍यापर गायक भिटेन (समिर घिसिङ)को स्वरमा छ। स्वरसँगै शब्द, संगीत र संयोजनपनि भिटेनले नै गरेका छन्।

प्राकृतिक स्रोत हत्याउन तीन ग्याङबीच हुने लडाइँको कथालाई गीतले समेटेको छ। गीतको भिडियोमा अनमोल केसी, रेशा आले मगर, इयान स्कट, देभु श्रेष्ठ, कमलमणि नेपाललगायत कलाकार देखिएका छन्।

फागुन १९ गतेदेखि देशभर प्रर्दशन हुने फिल्मको पहिलो गीतले सार्वजनिक भएको २४ घन्टा नहुँदै म्युजिकको ट्रेन्डिङमा परेको छ। समाचार तयार पार्दासम्म ट्रेन्डिङको २० औँ स्थानमा उक्लिएको छ। लगभग साढे २ लाख भ्युज पनि पाइसकेको छ।

 

प्रकाशित: १६ फागुन २०७९ १२:१२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast