के राष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी फिर्ता लेलान् ?

हिमाल प्रेस १६ फागुन २०७९ ७:२२ | Tuesday, February 28, 2023
के राष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी फिर्ता  लेलान् ?

काठमाडौँ- राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन्। उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ।

आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्। तर उनीहरू दुवै उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन्।

दुवैले आफू सर्वसम्मत हुनुपर्ने दाबी गर्दै आएका छन्। उम्मेदवारी दर्ता अगाडि नै सर्वसम्मत रूपमा उम्मेदवार उठाउनु पर्ने ठूला राजनीतिक दलका नेता बताउँदै आएका थिए।

सहमति नहुँदा दुई जना मैदानमा छन्। यता नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका पौडेलले एमालेसहितले समर्थन गर्ने बताएका छन्। उनी सत्तारुढ ८ दलका उम्मेदवार हुन्। यता नेम्बाङ भने एमाले मात्रैका उम्मेदवार हुन्।

 

प्रकाशित: १६ फागुन २०७९ ७:२२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast