१० लाखभन्दा बढीको बेवारिसे औषधि बरामद

हिमाल प्रेस १६ फागुन २०७९ ७:१२ | Tuesday, February 28, 2023
१० लाखभन्दा बढीको बेवारिसे औषधि बरामद औधषीको प्रतिनिधिमूलक तस्बिर

कञ्चनपुर- भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट ल्याइँदै गरेको बेवारिसे १० लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा सोमबार औषधि बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोशाकको प्रहरीको टोलीले ८१० थान सेगोप्लेक्स, एक हजार थान बोनभिटा र एक हजार ८० थान न्युरोक्याक्स बरामद गरेकोप्रहरी नायब उपरीक्षक डाँगीले बताए।

बरामद औषधि भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ फागुन २०७९ ७:१२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast