सुर्खेतमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस १५ फागुन २०७९ १८:५७ | Monday, February 27, 2023
सुर्खेतमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

सुर्खेत– सुर्खेत वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट मृत्यु हुनेमा वीरेन्द्रनगर-११ का कृष्ण चौधरी रहेका छन्।

उनलाई वीरेन्द्रनगर-१० को घुस्रास्थित बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नं. को मिनी ट्रकले ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

यस्तै वीरेन्द्रनगर १० का बुद्धिराम थारू गम्भीर घाइते भएका छन्। उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

घटनापछि ट्रक र जुम्लाको चन्दननाथ नगरपालिका ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका १० बस्ने ३६ वर्षका रवि सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १५ फागुन २०७९ १८:५७ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast