पर्यटन मन्त्रालय ‘नमस्ते पर्यटक सेवा’ सञ्चालनको तयारीमा

हिमाल प्रेस १५ फागुन २०७९ १७:१५ | Monday, February 27, 2023
पर्यटन मन्त्रालय ‘नमस्ते पर्यटक सेवा’ सञ्चालनको तयारीमा

काठमाडौँ- पर्यटन मन्त्रालयले पर्यटकको गुनासो सुन्न र समाधानका लागि मन्त्रालयमा २४ घण्टे सेवा सुरु गर्ने भएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री सुदन किरातीले पर्यटकको गुनासो सुन्नका लागि २४ घण्टा नमस्ते पर्यटक सेवा चलाउने तयारी भइरहेको जानकारी दिए।

नेपाल आएका पर्यटकको विभिन्न गुनासोहरूलाई नमस्ते पर्यटक सेवामार्फत सुन्ने र समाधान गर्ने उनले बताए।

त्यस्तै ग्राउन्डेड भएको नेपाल एयरलाईन्सको ट्वीनेटर विमानका विषयमा छानबिन गर्न समिति गठन गरिएको, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा लागि व्यावसायिक योजना मागिएको र भरतपुर विमानस्थल विस्तार गर्ने काम प्रारम्भ भएको मन्त्री किरातीले जानकारी दिए।

उनले नेपालको नागरिक उड्ययनको क्षेत्रमा महिला हिंसाको घटनाहरू देखिरहेको अवस्थामा महिला हिंसाको उजुरी लिने स्थायी युनिट बनाउन लागिएको पनि बताए।

आफू मन्त्रालय आएपछि बायुसेवा निगममा अनलाइन टिकट लागू भएको, विमानस्थलको सरसफाइमा सुधार भएको, लुम्बिनी गुरुयोजनाको सम्दर्भमा छानविन समिति गठन गरेर प्रतिवेदन आइसकेको उनले जानकारी दिए।

त्यस्तै मन्त्री किरातीले पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि ५ सदस्यीय अध्ययन समिति गठन गरिसकेको बताए।

प्रकाशित: १५ फागुन २०७९ १७:१५ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast