सोमप्रसादले जोगाउन सकेनन् विरासत, आफ्नै चेलासँग हारे

हिमाल प्रेस ९ मंसिर २०७९ ११:२८
2
SHARE
सोमप्रसादले जोगाउन सकेनन् विरासत, आफ्नै चेलासँग हारे

काठमाडौँ- पाल्पा २ मा यसपटक उम्मेदवारी मनोनयनसँगै रोचक परिदृश्य देखियो। लामो समय नेकपा एमालेबाट राजनीति गरेका ठाकुर गैरे र सोमप्रसाद पाण्डेले पाल्पा २ बाटै चुनाव लड्नुपर्ने भयो। यसअघि सोमप्रसादले टिकट पाउँथे। उनलाई जिताउन ठाकुर खटिन्थे। तर नेकपा एमाले विभाजनपछि दुई जनाको बाटो अलग भयो। सोमप्रसाद एकीकृत समाजवादीमा लागे भने ठाकुर एमालेमै रहे।

कम्युनिस्ट कार्यकर्तामा एउटै पृष्ठभूमिका यी दुई उम्मेदवारमध्ये चुन्‍न सकस थियो। गुरुचेलासमेत रहेका दुई पात्रलाई पनि विपक्षीभन्दा आफू अब्बल सहज थिएन। त्यसो त सोमप्रसादलाई सत्ता गठबन्धनको साथ थियो।

उनी स्थानीय तहको मतअनुसार पनि सुरक्षित थिए। तर ठाकुरको अंकतालिका कमजोर थियो। उनी आफू युवा भएको प्रचार गर्दै चुनावमा होमिए। अन्तत: सोही क्षेत्रमा उनकै जित भयो। ‘एउटै व्यक्तिले सधै जित्छ भन्ने होइन। जनताले नयाँ खोजे जिते,’ गैरेले जितपछि भने। त्यसो त २०५१ सालदेखि नै सोमप्रसाद सोही क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका थिए।

पाका नेता र केन्द्रीय नेतासँग पारिवारिक सम्बन्ध भएपछि टिकट पाउन सोमप्रसादलाई सकस थिएन। तत्कालीन एमाले नेता माधवकुमार नेपालका उनी सम्धी हुन्। यसैले पनि पाल्पा २ को ‘निजी क्षेत्र’ बन्यो। तर यसपल्ट उनले आफ्नो विरासत जोगाउन सकेनन्।

पूर्वसहकर्मी ठाकुरले जिते। सोमप्रसाद यसअघिका पनि सांसद हुन्। ठाकुरले २७२८८ मत ल्याएर जित्दा सोमप्रसाद पाण्डेले २२९९५ मत ल्याएका छन्। यसपटक सोमप्रसादले आफ्नै विरासत टिकाउन सकेनन्। गठबन्धनकै बलमा चुनाव जित्‍ने उनको उद्देश्य पनि पूरा भएन। स्थानीय कार्यकर्ता भने सोमप्रसादलाई गठबन्धनको भोट नआएको गुनासो गर्छन्।

प्रकाशित: ९ मंसिर २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =