रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

हिमाल प्रेस १५ फागुन २०७९ १३:३८ | Monday, February 27, 2023
रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भएको छ। पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो। बैठकले चितवन २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उम्मेदवारी दिने निर्णय गरेको छ।

उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइनसकेको छैन।

राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

बैठकमा सभापति रवि लामिछानेले पछिल्ला राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।

प्रकाशित: १५ फागुन २०७९ १३:३८ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast