फलोअर बढेसँगै सामाजिक सञ्जालबाट टाढिइन् सेलेना

हिमाल प्रेस १४ फागुन २०७९ ११:३४ | Sunday, February 26, 2023
फलोअर बढेसँगै सामाजिक सञ्जालबाट टाढिइन् सेलेना

काठमाडौँ- अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमज हिजोआज निकै चर्चामा छिन्। चर्चाको कारण हो, सामाजिक सञ्जाल। उनी सामाजिक सञ्जालमा सबैभन्दा बढी पछ्याइने महिला बनेकी छन्।

यसअघि मोडल तथा व्यवसायी काइली जेनर सामाजिक सञ्जालमा संसारकै धेरै पछ्याइने महिला थिइन्। सेलेनाले उनलाई उछिनेकी छन्। इन्स्टाग्राममा सेलेनालाई ३८ करोड ५ लाखभन्दा बढीले पछ्याइरहेका छन्। जबकि काइलीका ३८ करोडमात्र फलोअर छन्।

फलोअर बढेपछि खुसी व्यक्त गर्दै सेलेना सामाजिक सञ्जालमा लाइभ भएकी थिइन्। भनेकी थिइन्, ‘म अत्यन्तै खुसी छु। धन्य भएकी छु। सारा संसारमा मेरा शुभचिन्तक र प्रशंसक छन्। मेरा लागि योभन्दा ठूलो कुरा अरू के हुन सक्छ।’
योसँगै गायिकाले सामाजिक सञ्जालबाट टाढिने घोषणा पनि गरेकी छन्। ‘म सामाजिक सञ्जालबाट ब्रेक लिँदै छु। यसो गर्नु मूर्खता होला तर मलाई हरेक कुराबाट केही समयका लागि टाढिनु मन पर्छ।’

सेलेना यसअघि पनि सामाजिक सञ्जालबाट टाढिएकी थिइन्। मानसिक स्वास्थ्य समस्याका कारण आफू सोसल मिडियाबाट टाढिएको उनले बताएकी थिइन्। सन् २०१४ मा सेलेनाले आफूलाई बाइपोलर डिसअर्डर रहेको खुलाएकी थिइन्। यो एक मानसिक समस्या हो। यसबारे आफूमाथि बनेको वृत्तचित्र ‘माई माइन्ड एन्ड मी’ उनी खुलेर बोलेकी छन्।

प्रकाशित: १४ फागुन २०७९ ११:३४ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast