बाँके १ मा एमालेका ढकाल निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १९:३५ | Thursday, November 24, 2022
बाँके १ मा एमालेका ढकाल निर्वाचित

बाँके– बाँके १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल निर्वाचित भएका छन्। उनले युवा तथा खेलकुदमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराजलाई ५ हजार ३ सय ९५ मत अन्तरले पराजित गरेका हुन्।

ढकालले २५ हजार २६ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी गहतराजले १९ हजार ६३२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाएको कार्यालयले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७९ १९:३५ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast