पार्टीगत होइन सर्वमान्य व्यक्तिलाई राष्ट्रपति बनाऔं : देव गुरुङ

हिमाल प्रेस ११ फागुन २०७९ २०:५८ | Thursday, February 23, 2023
पार्टीगत होइन सर्वमान्य व्यक्तिलाई राष्ट्रपति बनाऔं : देव गुरुङ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनामा जाने बताएका छन्।

रफ्त सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा सहमति नभए नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास जारी छ,’ उनले भने।

पार्टीगत नभई सर्वमान्य, संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षक साझा व्यक्तित्वलाई राष्ट्रपति चयन गर्नुपर्नेमा गुरुङले जोड दिए।

देशमा बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरूको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भन्दै निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको महासचिव गुरुङको भनाइ छ।

पूर्वराजा ज्ञानेन्द्रले संविधान उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्यतर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेको एक समूहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै दिएको अभिव्यक्तितर्फ समयमै ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित: ११ फागुन २०७९ २०:५८ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast