मानव अधिकार सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

हिमाल प्रेस ११ फागुन २०७९ १३:१२
मानव अधिकार सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन्।

सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गइरहेको मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेका हुन्।

ढाकामा हुने मानव अधिकार सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज मध्याह्न १२.४० बजे बंगलादेश एयरलाइन्सबाट उनी ढाका प्रस्थान गरेका हुन्।

पूर्वप्रधानमन्त्री खनालको साथमा उनकी श्रीमती रविलक्ष्मी चित्रकार, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य ताज महम्मद मियाँ, नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडा रहेका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले भोलि ढाकास्थित सर्वोच्च अदालत परिषरमा आयोजित मानव अधिकार सम्मेलन ‘२०२३’लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने छन्।

भोलि शुक्रबार पूर्व प्रधानमन्त्री खनाल र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको बीचमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ। साथै, अन्य उच्चस्तरीय भेटवार्ताहरु पनि तय भएको खनालको सचिवालयले जनाएको छ।

प्रकाशित: ११ फागुन २०७९ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =