राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगे देउवा

हिमाल प्रेस १० फागुन २०७९ १९:१० | Wednesday, February 22, 2023
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौँ- राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। आफ्नो निवासमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग छलफल गरेर देउवा प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन्।

देउवाभन्दा अघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका थिए। खड्काले प्रचण्डसँग छलफल गरेपछि देउवा पुगेका हुन्।

देउवाले आजै जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेतासँग छलफल गरेका थिए। आज बिहानै लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि देउवा निवास पुगेका थिए।

प्रकाशित: १० फागुन २०७९ १९:१० | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast