काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सङबीच भेटवार्ता भएको छ। राष्ट्रपतिनको निर्वाचन नजिकिँदै जाँदा चिनियाँ राजदूत शीर्ष नेता भेट्न दौडधुप गरिरहेका छन्।
आज बुधबार कोटेश्वरस्थित नेता नेपालको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। आजै राजदूतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिमा माधवकुमार नेपालको नाम प्रस्ताव गरेसँगै नेता नेपाल पनि नेता भेटघाटमा व्यस्त छन्। ओली र चिनियाँ राजदूतबीच शुक्रबार साँझ भेट भएको थियो।
प्रकाशित: १० फागुन २०७९ १७:५५ | Wednesday, February 22, 2023
प्रतिक्रिया




