पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

हिमाल प्रेस १० फागुन २०७९ १२:४७ | Wednesday, February 22, 2023
पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

कञ्चनपुर- कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो।

‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए।

‘विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न जरुरी छ’, उनले भने, ‘यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी छ।’

नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको बताए। ‘हाम्रो यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन्, यसबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौँ’, उनले भने, ‘यो महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छु।’ उनले यहाँ सुक्खा बन्दरगाह, महाकाली करिडोर, मझगाउँ विमानस्थल, दैजीछेला औद्योगिक क्षेत्रलगायतका ठूला योजना सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने बताए।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए।

प्रकाशित: १० फागुन २०७९ १२:४७ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast