रियलमीकाे सबैभन्दा स्लिम ‘रियलमी १०’ माेबाइलकाे डिजाइन सार्वजनिक

हिमाल प्रेस ९ फागुन २०७९ १५:४८ | Tuesday, February 21, 2023
रियलमीकाे सबैभन्दा स्लिम ‘रियलमी १०’ माेबाइलकाे डिजाइन सार्वजनिक

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ मोडल ‘रियलमी १०’ नेपाल ल्याउने भएको छ। कम्पनीले आफ्ना उत्पादनमध्ये अहिलेसम्मकै सबैभन्दा स्लिम दाबी गरेको उक्त फोनको डिजाइन सार्वजनिक गरिसकेको छ। ७ दशमलव ९५ मीमी मोटाइ रहेको उक्त मोडललाई कम्पनीले अहिलेसम्मका आफ्ना उत्पादनभन्दा सबैभन्दा स्लिम रहेको दाबी गरेको हो।

मोबाइल स्लिम भए पनि ब्याट्रि शक्तिशाली रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार उक्त मोडलमा ५ हजार एमएएचको ब्याट्रि जडान छ। ‘स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले दैनिक रूपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

डिस्प्ले ६ दशमलव ४ इन्च रहेको उक्त मोडल क्ल्याश ह्वाइट र रस ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुने कम्पनीको भनाइ छ।

प्रकाशित: ९ फागुन २०७९ १५:४८ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast