‘मिस्टर, मिस एन्ड मिसेस नेसनल-२०२३’ आयोजना हुँदै

हिमाल प्रेस ९ फागुन २०७९ १३:३२ | Tuesday, February 21, 2023
‘मिस्टर, मिस एन्ड मिसेस नेसनल-२०२३’ आयोजना हुँदै

काठमाडौँ- ‘मिस्टर, मिस एन्ड मिसेस नेसनल २०२३’ हुने भएको छ। प्रतियोगिता कराओके इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको हो।

राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवा, युवती र विवाहित महिलाको प्रतिभा निखार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न हुन लागेको आयोजकले जनाएको छ।

पूर्वकुमारी तथा संगीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफीमा हुन लागेको प्रतियोगिताको तालिम कोरियन बार्बेक्यु, भनिमण्डल ललितपुरमा हुनेछ भने अन्तिम प्रतिस्पर्धा होटल यलो प्यागोडामा हुने भनिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा रोजिन शाक्यको ग्रुमिंग सेसन र अन्य विभिन्न विधाको विज्ञबाट तालिम पनि दिइनेछ।

प्रकाशित: ९ फागुन २०७९ १३:३२ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast