भक्तपुरमा सुरु भयो हृदयचन्द्र नाटक मेला

हिमाल प्रेस ९ फागुन २०७९ ११:४२ | Tuesday, February 21, 2023
भक्तपुरमा सुरु भयो हृदयचन्द्र नाटक मेला

काठमाडौँ- भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा हिजो (सोमबार) देखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ।

आज ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’ नाटक मञ्चन हुनेछन्। नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो सो र दिउँसो ३ बजे दोस्रो सो हुनेछ।

फागुन १२ सम्म चल्ने मेला नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्त रूपमा मेलाको आयोजना गरेको हो।

पाँच दिन दैनिक दुई नाटकका दरले प्रदर्शन हुने आयोजकले जनाएको छ। मेलामा भक्तपुरका सात विद्यालयका विद्यार्थीको नाटक प्रस्तुति रहनेछ।

हिजो उद्घाटन समारोहमा आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागण एकेडेमी स्कुलको ‘खैराँती मास्टर’ मञ्चन भएका थिए। भोलि तेस्रो दिन बाल विकास इंग्लिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ फेरि प्रस्तुत गरिनेछ। चौथो दिन प्रभात इङ्लिस सेकेन्डरी स्कुलको ‘राजनीतिक रंगमञ्च’, ख्वप कलेजको ‘उनी देवता हुन’ मञ्चन हुनेछ।

पाँचाँै अर्थात् अन्तिम दिन जेन्युन सेकेन्डरी स्कुलको ‘कीर्तिपुरको युद्धमा’ र आयोजक समितिको ‘गंगालालको चिता’ नाटक मञ्चन गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ९ फागुन २०७९ ११:४२ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast