राष्ट्रपतिमा आन्तरिक सहमित जुटाउन माओवादी पदाधिकारी बैठक जारी

हिमाल प्रेस ८ फागुन २०७९ १८:४५ | Monday, February 20, 2023
राष्ट्रपतिमा आन्तरिक सहमित जुटाउन माओवादी पदाधिकारी बैठक जारी फाइल तस्बिर।

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। सोमबार अपराह्न बसेको बैठकमा राष्ट्रपति पदमा आन्तरिक सहमति तय गरिने पार्टीले जनाएको छ।

बैठकले कुन पार्टीका व्यक्तिलाई समर्थन गर्ने भन्ने निर्णय लिने माओवादी नेताहरूले बताएका छन्। फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ।

सत्तागठबन्धनमा रहेको नेकपा एमालेले राष्ट्रपति आफ्नै पार्टीले पाउनुपर्ने बताउँदै आएको छ। तर माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राष्ट्रपति चयनमा नेपाली कांग्रेसको धारणा पर्खिरहेका छन्।

प्रचण्डले कुनै दलनिकट व्यक्ति नभएर राष्ट्रिय सहमति जुटाएर राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ८ फागुन २०७९ १८:४५ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast