माओवादी केन्द्रको बैठक : राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

हिमाल प्रेस ८ फागुन २०७९ १८:४७ | Monday, February 20, 2023
माओवादी केन्द्रको बैठक : राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावबारे सबै निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा अन्य दलसँग छलफल गरी अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनले भने, ‘राष्ट्रपतिको विषयमा पार्टीले यसअघि भन्दै आएको राष्ट्रिय सहमतिको कुरा यथावत छ। अब पार्टीको हितलाई ख्याल गरेर अन्तिम निर्णय अध्यक्षले गर्नुहुनेछ।’ नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउँदै आएको छ। माओवादीले सरकार गठन हुँदाको अवस्था फेरिएको पनि बताएको छ।

‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ। हामीले राष्ट्रिय सहमति भनेका छौं’ महराले भने।

उता सत्तागठबन्धनको ठूलो दल एमालेले भने सरकार गठन हुँदा एमालेले राष्ट्रपति पाउने सहमति भएको र एमालेले नै राष्ट्रपति पाउनुपर्ने बताउँदै आएको छ। माओवादीले प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेससहितको समर्थन पाएकोले कांग्रेसले पनि स्वीकार्ने व्यक्ति राष्ट्रपति हुनुपर्ने भन्दै आएको छ।

आइतबार साँझमात्रै कांग्रेसका शीर्ष नेताले प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरेका थिए।

प्रकाशित: ८ फागुन २०७९ १८:४७ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast