‘केपी ओली कप’मा गाउँदै रचना, सुमन र सुशान्त

हिमाल प्रेस ८ फागुन २०७९ १५:३३ | Monday, February 20, 2023
‘केपी ओली कप’मा गाउँदै रचना, सुमन र सुशान्त

काठमाडौँ- ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ को उद्घाटन कार्यक्रममा गायिका रचना रिमालले प्रत्यक्ष प्रस्तुति दिने भएकी छन्। कार्यक्रममा गायिकाले आफ्ना गीत प्रस्तुत गर्नेछिन्।

रचनाका ‘हाम्रो माया’, ‘भन साइँला’, ‘उड्ने रहर’ लगायत गीत चर्चित छन्। फागनु ११ मा हुने उद्घाटन कार्यक्रममा ललितपुर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

च्याम्पियनसिपको अन्तिम प्रतिस्पर्धा फागुन १७ मा हुनेछ। जसमा दुई चर्चित गायका सुशान्त केसी र स्वप्न सुमनले प्रस्तुति दिनेछन्।

युवामाझ लोकप्रिय यी दुई गायकले कभर सङसँगै आफ्ना गीत गाउनेछन्। पुराना गीतका कभर सङ गाएर चर्चामा आएको स्वप्न सुमन का ‘के साह्रो राम्री भाकी’, ‘कफी सङ’, ‘ए हेलो’, ‘कसरी भनुँ’, ‘म तिम्रो’ लगायत गीत चर्चित छन्।

गायन क्षेत्रमा पहिचान बनाइसकेपछि अब उनी अभिनयमा प्रवेश गर्दैछन्। दिनेश राउतको नयाँ फिल्मबाट उनले फिल्म क्षेत्रमा पाइला चाल्दैछन्।

सुशान्त केसीका ‘याद’, ‘हावा ले’, ‘खेलाडी’, ‘रिसाउने भए’, ‘आशा’, ‘तिम्रो माया’, ‘फोनको नम्बर’ लगायतका थुप्रै गीत चर्चित छन्। च्याम्पियनसिपको अन्तिम प्रतियोगिता दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: ८ फागुन २०७९ १५:३३ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast