अखिल क्रान्तिकारीले गठन गर्‍यो स्ववियु घोषणापत्र लेखन समिति

हिमाल प्रेस ८ फागुन २०७९ १२:११ | Monday, February 20, 2023
अखिल क्रान्तिकारीले गठन गर्‍यो स्ववियु घोषणापत्र लेखन समिति

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु चुनावलाई लक्षित गरेर घोषणापत्र लेखन समिति गठन गरेको छ।

संगठनका उपाध्यक्ष नारायण खनालको नेतृत्वमा स्ववियु चुनाव घोषणापत्र लेखन समिति गठन गरिएको हो। अरू सदस्यहरू आवश्यकताअनुसार संयोजकलाई थप्ने जिम्मेवारी दिएको छ।

अखिल क्रान्तिकारीले स्ववियु चुनावमा घोषणापत्र लेख्नुभन्दा अघि रत्नराज्यलक्ष्मी क्याम्पसमा विभिन्न संकायका विद्यार्थीसँग, पदम कन्या क्याम्पसमा महिला विद्यार्थीसँग छलफल गरेको थियो।

अरू प्राध्यापक, विषय विज्ञसँग समेत छलफल गरेर घोषणापत्र तयार गरिने अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए।

स्ववियु चुनावलाई जनमुखी बनाउन विभिन्न निकायसँग छलफल गरेर घोषणापत्र तयार गर्न लागिएको एमसीले बताए। अखिल क्रान्तिकारीले विभिन्न निकायसँग छलफल गरेर पहिलो पटक स्ववियु घोषणापत्र तयार गर्न लागेको हो।

प्रकाशित: ८ फागुन २०७९ १२:११ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast