काठमाडौँ- अभिनेता सौगात मल्ल र अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा रहने फिल्म ‘फाटेको जुत्ता खै’ को प्रदर्शन मिति घोषणा भएको छ। फिल्म आगामी कात्तिक २४ मा प्रदर्शन हुने फिल्म निर्माता अर्जुन कुमारले बताएका हुन्।
चलचित्र विकास बोर्डद्वारा दुबईमा आयोजना गरिएको ‘नेपाल फिल्म फेस्ट’मा कुमारले नै फिल्मको घोषणा गरेका थिए। निकेश खड्काको निर्देशनमा बन्ने फिल्मको छायांकन आगामी वैशाखमा सुरु हुनेछ। फिल्मको छायांकन नवलपरासीको त्रिवेणीमा हुने पनि जनाइएको छ।
फिल्ममा आकाश बरालको पटकथा र प्रवेश मलिकको संगीत रहनेछ। निर्देशक खड्का र निर्माता कुमारले यसअघि फिल्म ‘फाटेको जुत्ता’मा सहकार्य गरेका थिए। ‘फाटेको जुत्ता खै’ यसको दोस्रो भाग नरहेको कुमारको भनाइ छ।
प्रकाशित: ८ फागुन २०७९ १२:०८ | Monday, February 20, 2023
प्रतिक्रिया



