सञ्‍चार माध्यमको गलत प्रयोग रोक्न सबैको साथ आवश्यक : मन्त्री शर्मा

हिमाल प्रेस ७ फागुन २०७९ १५:१३
6
SHARES
सञ्‍चार माध्यमको गलत प्रयोग रोक्न सबैको साथ आवश्यक : मन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्थानीय तहसम्मै लागु हुने गरी सञ्चारमाध्यमसम्बन्धी ऐन कानुनहरू निर्माण र परिमार्जन गर्ने बताएकी छन्।

आइतबार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

सरोकारवालाहरूसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्म नै लागु हुने गरी कानुनहरूमा संशोधन र आवश्यक परे नयाँ कानुन बनाउने तयारी भइरहेको उनको भनाइ छ।

‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरूसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्म लागु हुने गरी कानुनहरूमा संशोधन परिमार्जन एवम् नयाँ कानुन बनाएर यस क्षेत्रको थप सुधार गर्ने तयारी गरेको छ,’ उनले भनिन्, ‘सञ्चार माध्यमको गलत प्रयोग गरी मिथ्या सूचना फैलाउने, सामाजिक द्वेष फैलाउनेजस्ता अनैतिक क्रियाकलाप गर्नेहरूलाई नियन्त्रण गर्न सञ्चार क्षेत्रका सबै पक्षहरूको सकारात्मक साथ, सहयोगको आग्रह गर्छु।’

पछिल्लो समय जनतामा सूचना प्रविधिको र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =