चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेलगत्तै साउदी अरबको भ्रमण गर्ने अपेक्षा

हिमाल प्रेस ११ कार्तिक २०७९ ९:५०
चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेलगत्तै साउदी अरबको भ्रमण गर्ने अपेक्षा

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको छ।  विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो  ।

राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक र बेइजिङबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा गरेका हुन। ‘हाम्रो आजको बैठक महत्वपूर्ण समयमा भएको छ,  यो चिनियाँ राष्ट्रपतिको राज्यको अपेक्षित भ्रमणअघि भएको हो’ राजकुमार फैसलले अल अरब टिभी च्यानललाई भने।

साउदी अरब, चीन र अरब देशहरुबीचको शिखर वार्ताका लागि पनि ‘अन्तिम प्रबन्ध’ गरिरहेको, उनले थप जानकारी दिए।  गत हप्ता आफ्नो एक दशकको सत्ता विस्तार गरेका सीले सेप्टेम्बरमा कजाकिस्तान र उजबेकिस्तानको भ्रमण गरेका थिए। उनले चीनमा कोरोनाभाइरस महामारीको शुरु भएयता पहिलो पटक सो भ्रमण क्रममा चीन छाडेका थिए।

साउदी अरबमा रहेको चिनियाँ दूतावाससँग एएफपीले सीको अपेक्षित भ्रमणको बारेमा जानकारी लिन खोज्दा केही टिप्पणी  नगरिएको समाचारमा जनाइएको छ। यसैबीच चीनको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी नभएको  जनाएको छ।

ओपेक कार्टेलले वाशिङ्गटनको अनुरोधलाई बेवास्ता गर्दै तेल उत्पादनमा कटौती गरेपछि साउदी अरब र लामो समयदेखिको सहयोगी संयुक्त राज्य अमेरिका बीचको तनावपूर्ण सम्बन्धको समयमा यो भ्रमण हुन लागेको बताइएको छ ।

प्रकाशित: ११ कार्तिक २०७९ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =