काठमाडौँ- हिन्दी फिल्म ‘पिप्पा’को ट्रेलर रिलिज भएको छ। इशान खट्टर र मृणाल ठाकुर मुख्य भूमिकामा रहेको यो युद्धमा आधारित फिल्म हो।
लगभग एक मिनेट लामो ट्रेलरमा सन् १९७१का युद्धका दृश्य देख्न सकिन्छ। ट्रेलरमा इशान, मृणाल, सोनी राजदानलगायत कलाकार अटाएका छन्। इशान युद्धका मैदानमा छन्।
फिल्ममा १२ दिनसम्म लडिएको युद्धको कथा छ। युद्धमा लडेका बलराम सिंह मेहताको किताब ‘द बर्निङ चाफिज’मा आधारित फिल्मको निर्देशन राजाकृष्ण मेननले गरेका छन्।
भारत-पाकिस्तानबीच भएको यस युद्धपछि नै बंगलादेशको निर्माण भएको थियो। फिल्म डिसेम्बर २ मा प्रदर्शनमा आउनेछ।
प्रकाशित: ८ मंसिर २०७९ १२:३३ | Thursday, November 24, 2022
प्रतिक्रिया





