 
                             
                                            काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरिजको ‘रियलमी नार्जो ५० आई प्राइम सार्वजनिक गरेको छ। यसको पातलो डिजाइन र हलुका वजनले ग्राहकलाई नयाँ अनुभव हुने कम्पनीले दाबी गरेको छ। ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल जम्मा १८२ ग्राम छ।
भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ। यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली छ। यसमा एएनटीयूटीयू बेन्चमार्क २०९८३२ को युनिसक टी-६१२ प्रोसेसर रहेको छ। नार्जो प्राइम आईमा भएको २.२ हाई स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ। सजिलोसँग सट लिन का लागि यसमा ८ मेगापिक्सलको एआई क्यामेरा राखिएको छ।
नार्जो ५० आई प्राइममा ५००० एमएएचको ब्याट्री छ। स्ट्यान्डबाई मोडमा यो ब्याट्री ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ। ३ जीबी र्याम र ३२ जीबी रोम भएको सेटको मूल्य १४ हजार ४९९ तोकिएको छ। ४ जीबी र्याम र ६४ जीबी रोम भएको सेटको मूल्य १५ हजार ९९९ रहेको कम्पनीको भनाइ छ। यो फोन डार्क ब्लू र मिन्ट ग्रिन रंगमा उपलब्ध छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 