
काठमाडौँ- पवनकुमार वलीको नयाँ गीत ‘साइँलो दाइ’ सार्वजनिक भएको छ। गायक वली र सुनीता बुढा क्षेत्रीको स्वरमा रहेको गीतको संगीत संकलन पनि वलीकै छ। वली, हरि गन्धर्व र जानकी गन्धर्वले गीतको शब्द संकलन गरेका छन्।
यो गीतको शब्द, संगीत रचना नभई गाउँघरको पुरानो भाका र शब्द संकलन गरिएको छ। गीतमा रोदिया श्री र सुनिता अग्रिको समूह गायन छ।
गीतको भिडियोमा कलाकार कृष क्षेत्री, ममता राना मगर, तिलक ठकुरी र प्रविण पुरीले अभिनय गरेका छन्। भिडियोको निर्देशक ठकुरी हुन् भने छायांकन सरोज शाहीले गरेका छन्।
प्रकाशित: ५ फागुन २०७९ १७:२७
प्रतिक्रिया