काठमाडौँ- फिल्म ‘ए साथी सुन’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।
फिल्मका प्रमुख कलाकारहरू वर्षा शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँको तस्बिर अंकित दुई पोस्टर सार्वजनिक गरिएको छ।
लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म चैत १० गते रिलिज हुने भएको छ।
रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा अन्य कलाकार आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायत बाल कलाकार कृष्मा खड्का र इभान सन्जेलको अभिनय छ।
विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका फिल्म सुदीप पौडेलको सहनिर्मा रहेका छन्।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो।
प्रकाशित: ५ फागुन २०७९ १३:०७ | Friday, February 17, 2023
प्रतिक्रिया





