काठमाडौँ- टीभीएस मोटरको उत्पादन एनटर्क रेस एक्सपीले उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड प्राप्त गरेको छ।
यो स्कुटरमा भएका विभिन्न विशेषताका कारण टेकलेखले उक्त अवार्ड प्रदान गरेको हो।
यो स्कुटरमा भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्बजस्ता विशेषता उपलब्ध छन्।
३ भल्व सीभीटीआई रेभ इन्जिन भएको स्कुटरको प्रतिघण्टा ९८ किमिसम्म गुड्न सक्छ।
एनटर्क १२५ रेस एक्सपीमा स्ट्रिट मोड र रेस मोड गरेर दुई ड्राइभिङ मोड छन्। नेपालमा जगदम्बा मोटर्सले टीभीएसका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।
प्रकाशित: ५ फागुन २०७९ ११:२७ | Friday, February 17, 2023
प्रतिक्रिया



