अभिनयमा डेब्यु गर्दै गायक स्वप्न सुमन

हिमाल प्रेस ४ फागुन २०७९ १८:३२ | Thursday, February 16, 2023
अभिनयमा डेब्यु गर्दै गायक स्वप्न सुमन

काठमाडौँ- पुराना गीतको कभर सङ बनाएर सांगीतिक क्षेत्रमा पहिचान बनाएका गायक स्वप्न सुमनले अभिनयमा प्रवेश गर्ने भएका छन्।

उनले दिनेश राउतको नयाँ फिल्मबाट अभिनयमा डेब्यु गर्नेछन्। अहिले उनी अभिनय सिकिरहेका छन्। गायक सुमनका ‘के साह्रो राम्री भाकी’, ‘कफी सङ’, ‘ए हेलो’, ‘कसरी भनुँ, ‘म तिम्रो’ लगायत गीत चर्चित छन्।

फिल्ममा गायिका दीक्षिता कार्की उनको जोडीका रूपमा देखिनेछिन्। उनी चर्चित भ्लगर तथा संगीतकार चेतन कार्कीकी छोरी हुन्। दीक्षिता पनि अंग्रेजी गीतको कभर गाएर चर्चामा आएकी हुन्।

सुमन र दीक्षिता दुवै नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका कलाकार हुन्। आगामी वैशाखबाट फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ।

प्रकाशित: ४ फागुन २०७९ १८:३२ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast